एजेन्सी । टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
येरलिकायाले सिरियालीहरू बिरुद्ध देशभरका केही शहरहरूमा उत्तेजक कार्यहरू आयोजना गरिएको थियो । टर्कीका मन्त्रीले बन्दीहरू मध्ये २८५ सँग लागुऔषध, लुटपाट, चोरी, सम्पतीको क्षति र यौन उत्पीडन जस्ता अपराधहरू गरेको बताउनु भयो ।
सिरिया बिरोधी दंगा पहिलो पटक कायसेरी प्रान्तमा शुरु भएको थ्यिो । जहाँ बासिन्दाहरूले सिरियालीहरूको घर र व्यवसायमा आगजनी गरेका थिए भने उनीहरूका सवारी साधनहरू तोडफोड गरेका थिए ।
हिंसा हाते, किलिस, गाजियन्टेप, कोन्या र अन्टाल्या प्रान्तमा फैलिएको छ भने टर्की सरकारले शान्त रहन आग्रह गरिरहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts