काठमाडौं । उद्योगहरूको नवीकरणको माग राखी दुई सातादेखि आन्दोलनरत क्रसर व्यवसायीले तत्काल माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा गत असार १ गतेदेखि आन्दोलनरत उनीहरूले उनीहरू माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगमा भएका गाडी, मेसिनरी औजार, हेवी इक्विपमेन्ट तथा कार्यरत मजदुरसमेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।
अहिले व्यवसायीको बटमलाइन भनेको कानुनसम्मत दर्ता भएका उद्योग नवीकरण रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मीले बताउनुभयो । विगत १० वर्षदेखि क्रसर उद्योग नवीकरण हुन नसक्दा व्यवसायी मारमा परेको उहाँले बताउनुभयो ।
माग सम्बोधनका लागि पटक-पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल भए पनि माग सम्बोधन हुन नसकेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements