काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरू भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा पाँच दिनसम्म चल्ने महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यस अघि एकीकृत समाजवादीले शक्ति प्रदर्शन गर्दै र्याली निकालेको थियो ।
र्यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेतारकार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।
समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।
महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।













