नैरोबी, १५ । केन्यामा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको हृयुमन राइट्स वाचले शनिबार जनाएको छ । केन्याली सुरक्षा बलले जुन २५ मा प्रदर्शनकारीको भिडमा सिधै गोली हानेको र भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हृयुमन राइट्स वाचका अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्यबिना भिडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पूर्णरूपमा अस्वीकार्य भएको जनाउनुभएको छ । रासस/एएफपी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता