काठमाडौ । एसइई परीक्षाको नतिजा थाहा पाउन नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिने भएको छ । २०८० सालको एसइई परीक्षाको नतिजा आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नतिजाका लागि नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिनेछ ।
सिधै १६०० डायल गरी प्राप्त निर्देशनअनुसार गरेमा पनि नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसइई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा