काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।
बिहीवार आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो।
यस्तै बैठकले महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । केन्द्रीय समिति महाधिवेशनको हलबाट अनुमोदन हुनेछ ।
एकीकृत समाजवादीले यही असार १६ देखि २० गतेसम्म १० औं महाधिवेशन गर्न लागेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts