काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत् सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका २२ न्युरोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ललितपुर महानगरपालिका १४ नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
स्थानान्तरण गरिएको साबिकको न्युरोड शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्ने बताइएको छ । स्थानान्तरणसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ पहुँच अझ सहज बनाउने विश्वास लिएको छ ।






