काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको नयाँ बानेश्वरस्थित शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोबीच विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले शीतल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा ल्याउने गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts