काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
त्यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवा स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेका मनमोहक पर्यटकीय स्थल माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तारसँगै सो क्षेत्रका स्थानीय बासिन्दा, घुम्न जाने पर्यटक तथा व्यवसायीसमेत लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता