चितवन । चितवनकाे इच्छाकामना गाउँपालिकाले थप दुई वटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पालिकाभित्रका दुई वटा कृषक समूहलाई मंगलबार कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार सिराइचुली कृषि सहकारी संस्था र चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाको लागि दुई वटा कृषि एम्बुलेन्स खरिद गरिएको हो ।
‘किसानसँग २५ प्रतिशत र स्थानीय सरकारको ७५ प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरिएको हो,’ अध्यक्ष गुरूङले भन्नुभयाे ।
वडा नं.१ लाई लक्षित गरी सिराइचुली कृषि सहकारीलाई र वडा नं.७ लाई लक्षित गरी चण्डिभञ्ज्याङ सामाजिक उद्यमीलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको उहाँले बताउनुभयाे । वडा नं.२ को हपनी कृषक समूहले यसअघि नै कृषि एम्बुलेन्स सञ्चालन गरेको छ ।
‘वडा नं.२ मा दिएको कृषि एम्बुलेन्सले गाउँको उत्पादनलाई बजार लैजान र बजारबाट गाउँमा सामान ढुवानी गर्न धेरै सहज भएको छ,’ अध्यक्ष गुरूङले भन्नुभयाे, ‘पहिलो प्रयास सफल भएपछि हामीले किसानलक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका हौँ ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts