काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट उद्योगहरूले खपत गरेकोे विद्युत् बक्यौता तिर्न उद्योगीलाई पत्राचार गरेको छ । तोकिएको म्यादभित्र महसुल नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।
उद्योगहरूलाई प्राधिकरणले पठाएको पत्रमा २०७२ माघदेखि ०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल दर थप दस्तुरसहित १५ दिनभित्र भुक्तान गर्न भनिएको छ ।
प्राधिकरणको वितरण केन्द्र प्रमुखहरूले सम्बन्धित उद्योगलाई पत्र पठाएका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार असार ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले अन्य अवधिको महसुल सम्बन्धमा सर्वोच्च अदालतको निर्णयबमोजिम हुने भएकाले हाललाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल दरअनुसारको थप महसुल बुझाउन प्राधिकरणले ताकेता गरेको हो ।
प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई ४४ करोड ८६ लाख आठ हजार पाँच सय ६६ रुपैयाँ, जगदम्बा स्टिललाई एक अर्ब ६० करोड १८ लाख ४३ हजार एक सय २५ रुपैयाँ तिर्न १५ दिनको समय दिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा