काठमाडौं । दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताउनु भएको छ ।
जापानको टोकियो विश्वविद्यालयले करिब ३ लाख मानिसमा गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताउनु भएको छ ।
उहाँहरुले अध्ययनमा सहभागी मध्ये ४५ प्रतिशत मानिसले दिनको समयमा धेरै थकान महसुश गर्ने गरेको तथा दिनको समयमा एक घण्टा भन्दा बढी सुत्ने गरेको बताउनु भएको थियो । उहाँहरुमा टाइप टु डाइबेटिजको संकेत देखिएको अध्ययनकर्ताले बताउनु भएको छ ।
अध्ययनकर्ताले भन्नुभएको छ, ‘निन्द्रा नपुग्दा कोही मानिस दिनको समयमा सुत्छ भने यसलाई सही रुपमा लिन सकिन्छ तर अनिन्द्राको समस्याले मानिस दिनको समयमा सुत्ने गर्छ भने त्यो मानिसमा टाइप टु डाइबेटिजको भएको संकेत गर्छ।’
दिनको समयमा यसरी सुत्नुमा ६० मिनेट भन्दा अनुसन्धानकर्ताले निद्रामा हुने गडबडी र डाइबेटिजबीच केही सम्बन्ध रहेको बताउनु भएको छ ।
अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रोफेसर नाभिद सतरले भन्नुभयो , ‘डाइबेटिज हुनुको प्रमुख कारण मध्ये निद्राको गडबडी पनि एक हो, अनिद्राले शरीरमा चिनीको मात्रा बढाइदिन्छ जुन डाइबेटिजको सुरुवाती संकेत हो।’








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts