काठमाडौं । विशेषको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
विशेषले गरेको फैसलामा आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले आंशिक दाबी पुग्ने फैसला गरेको थियो । विशेषको सोही फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।
गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले ऋषिराम अर्याल, लक्ष्मीदेवी उपाध्याय अर्याल, सुशील अर्याल र सुनिल अर्याललाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो ।
यस्तै, सही अवधिमा विभिन्न शीर्षकमा गरिएका लगानी तथा खर्च २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँ रहेको पाइएको आयोगले जनाएको छ ।
यसरी उनको आम्दानी र खर्चको लेखा-जोखा गर्दा १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ स्रोत नखुलेको आयोगले जनाएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा