काठमाडौं । डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ ।
केही वर्षयता नेपालमा डेङ्गुका बिरामीहरु दिनदिनै बढिरहेका छन् । खासगरी अव्यवस्थित बसाइ, औद्योगीकरण, जथाभावी फ्यालिएका फोहोर तथा टायर, स्वच्छ पानीको अभाव आदि कारणले डेङ्गु फैलँदै गएको छ ।
गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । लामखुट्टेको टोकाइबाट बच्ने केही उपायहरुबारे यहाँ चर्चा गरेका छौं ।
डेंगु भएको कसरी थाहा पाउने ?
- एक्कासी उच्च ज्वरो आउनु,
- लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
- असाध्यै टाउको दुख्नु,
- आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
- ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
- शरीरमा बिमिरा आउनु ।
डेंगुबाट यसरी बच्नुहोस्
- झुल टाँगेर सुत्ने
- घरको झ्याल ढोका लामखुट्टे् नछिर्ने हाल्ने ।
- सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने ।
- लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने ।
- लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सवाधानी अपनाउने ।
- घर वरिपरि, कार्यालय,विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने ।
- पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।
- गमलाको प्लेट, फुलदानी,कुलर आदिको पानी कम्पतीमा हप्ताको एक पटक फेर्ने ।
- एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाई सबैभन्दा महत्वपुर्ण हुन्छ ।गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा