काठमाडौं । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियासहित २ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।
विशेष अदालत काठमाडौंबाट भएको फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसला चित्त नबुझी बुधबार सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो ।
थपलियाको वैधानिक आय २ करोड ४३ लाख ८३ हजार १२१ रुपैयाँ ६६ पैसा र खर्च एवं लगानी १ करोड ९९ लाख ९८ हजार ३३९ रुपैयाँ ३६ पैसा देखिएको थियो । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । तर विशेषले थपलिया र मुना पन्त थपलियाले सफाइ पाउने गरी फैसला गरेको थियो । त्यस उपर अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता