हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-२ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीकाअनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा प्रजालाई चट्याङ लागेको हो ।
चट्याङ लागि घाइते भएका प्रजाको उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जानकारी दिइएको छ । प्रजाको शव हेटौंडा अस्पतालमै रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts