हाम्रो देशको राजनीतिमा यतिबेला गज्जबको तमासा चलिरहेकै छ । देशको नेतृव लिएका व्यक्तिहरूको तमासाका आमजनतामा राजनीतिप्रति वितृष्ण बढ्दै गएको छ । यसले निराशा बढाएको छ । जसले हाम्रो र देशको भविष्य अनिश्चिततातर्फ धकेलेको प्रतीति हुन्छ । दलका नेताहरू राजनीतिकोे फोहोरी खेलमा अभयस्त हुँदै छन् । उनीहरूमा राजनीतिक संस्कार देखिँदैन र कुनै नैतिकता पनि । छन् त मीठा र आकर्षक नारा । मीठा कुराले चिउरा नभिज्दैन यर्थाथ हो तर हामी त्यसैमा रुमलिरहेका छौं ।
वर्तमान गठबन्धन सरकारको कार्यशैलीका कारण जनतामा निराशा बढेर गयो । शासन व्यवस्थाप्रति नै जनतामा असन्तुष्टि छ । जनताका सामन्यभन्दा पनि सामन्य आधारभूत समस्यामा सरकारले समाधान गर्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकारले जनतामा आशा जगाउन नै सकेन । शासन व्यवस्थाप्रति जनतामा निराशा आउनु भनेको गम्भीरता चिन्ताको विषय हो । सत्तामा गएका राजनीतिक दल र तिनका नेताहरूले विकास, समृद्धिका कुरा गर्न थालेको धेरै भयो । तर विकास र समृद्धिले कुनै बाटो लिन सकेको छैन ।
सरकारले आफ्नो गति बढाउनुपर्नेछ । विकास र समृद्धिका कुरामात्र गर्ने, काम भने सिन्को भाँच्न नसक्ने सरकारको शैलीले जनतामा निराशामात्र बढाएको छ । मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ, यो व्यवस्थामा जनता खुशी हुनुपर्नेमा दुःखी छन् ।
कुरामात्र गरेर न विकास न त समृद्धि नहुँदो रहेछ । जनतालाई ढाँटने र भ्रमको राजनीति गर्दै आएका दलहरू सुध्रन सकेका छैनन् । जसले गर्दा आमजनता आक्रोशित बन्दै गएका छन् । सरकार बनाउने र गिराउने खेलले मुलुकको भविष्य बन्दैन । आज देश यही खेलमा अल्झिएर बसेको अवस्था छ । सरकारले आफ्नो गति बढाउनुपर्नेछ । विकास र समृद्धिका कुरामात्र गर्ने, काम भने सिन्को भाँच्न नसक्ने सरकारको शैलीले जनतामा निराशामात्र बढाएको छ । मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ, यो व्यवस्थामा जनता खुशी हुनुपर्नेमा दुःखी छन् । राजनीतिक दलहरूले संविधान जारी भएपछि देशमा तीव्र आर्थिक विकास हुने कुरा गरे । तर हालसम्म कुनै छाँटकाट देखिँदैन ।
उनीहरूले देशमा विकास र समृद्धिको गतिलाई अब कसैले रोक्न नसक्ने बताएका थिए । समय बित्दै जाँदा केही काम नभएको देखियो । दलहरूका भाषण र आश्वासनले जनता दिक्क छन् । निर्वाचनका बेला आआफ्ना घोषणापत्रमार्फत नागरिकलाई आकर्षण गर्ने काम सबै दलले गरे तर चुनाव सकिएपछि दल र तिनका नेताहरूले सबै प्रतिबद्धता भुल्दै आएका छन् । ठूलाठूला स्वरमा भाषणमार्फत विकासका नारा जनतालाई सुनाइयो । सरकारमा गएपछि मुलुकको अवस्था जस्ताको तस्तै छ । के हो यो ? देशमा गठबन्धन सरकार छ । तर, सरकारले काम गर्न सकिरहेको छैन । यो नै समस्या हो ।
हाम्रो मुलुक आर्थिक मापदण्डका आधारमा उच्च, मध्यम र निम्न गरी तीन वर्गमा विभाजित छ । उच्च वर्गलाई राजनीतिक परिवर्तनले खासै प्रभाव पारेको छैन । यो सुविधा सम्पन्न वर्गले सामाजिक, राजनीतिक, शैक्षिक तथा आर्थिक सुविधाको उपयोग गरेको हुन्छ । यो वर्ग सधैं अगाडि छ । मध्यमवर्गको कुरा छ, यो वर्गले देश विकास होस् भन्ने चाहेको छ । प्रायःजसो मध्यमवर्गका युवा शैक्षिक रोजगारका लागि विदेशमा छन् । गाउँघरमा दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव छ । जसले गर्दा पनि देशको विकास र समृद्धिको नारालाई पूरा गर्न सम्भव देखिँदैन ।
नागरिकलाई गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच दिनु राज्यको दायित्व हो । सरकारले केही काम गर्न सकिरहेको छैन । आमनागरिकको चाहना देश र जनताका लागि काम गर्नसक्ने सफल नेतृत्वको हो । हरेक नागरिकको झुपडीमा राज्यको उपस्थिति होस् भन्ने हो ।
हाम्रो देशमा गरिबीको रेखामुनि बाँच्न धेरै नागरिक बाध्य छन् । जतिसुकै देशमा परिवर्तन भए पनि गरिब किसानले केही लाभ पाउन सकेका छैनन् । गरिब किसान र मजदुर वर्गको पनि राजनीतिक परिवर्तनमा ठूलो योगदान छ । यही वर्गको आडमा माओवादीको १० वर्षे हिंसात्मक आन्दोलन भयो । २०६२-०६३ सालको जनआन्दोलन सफल भयो तर यो वर्गले के पाउन सक्यो ? के सरकार यो विषयमा गम्भीर छ ?
२०६३ सालको दोस्रो जनआन्दोलन, मधेस आन्दोलनलगायतका राजनीतिक घटनाक्रममा नेपाली जनताको ठूलो बलिदानी त्याग, तपस्या छ । देशमा भएको राजनीतिक परिवर्तनले सीमित राजनीतिकदलहरू र तिनका नेताहरूलाई मात्र फलिफाप भएको छ । आमजनताका लागि अनुकूल बन्न सकेको अवस्था छैन । २०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलन, १० वर्षे माओवादी सशत्र आन्दोनल, २०६२-०६३ सालको दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका राजनीतिक घटनाक्रममा नेपाली जनताको ठूलो त्याग, तपस्या र प्रत्यक्ष सहभागिता छ । दोस्रो जनआन्दोलन २०६२-०६३ बाट प्राप्त उपलब्धिलाई व्यवस्थापन गर्दै देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने गहन जिम्मेवारीबाट राजनीतिक दल र तिनका नेताहरू आजसम्म चुकेको अवस्था देखिन्छ ।
नागरिकलाई गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच दिनु राज्यको दायित्व हो । सरकारले केही काम गर्न सकिरहेको छैन । आमनागरिकको चाहना देश र जनताका लागि काम गर्नसक्ने सफल नेतृत्वको हो । हरेक नागरिकको झुपडीमा राज्यको उपस्थिति होस् भन्ने हो । सरकारले किन जनचाहनाको सम्बोधन गर्न सक्दैन ? मुलुक सञ्चालनका सन्दर्भमा युग सुहाउँदो ‘नेतृत्व’ नेपालले पाउँनै सकेन । पहिलो पुस्ताको हातमा राजनीतिक नेतृत्व रहुञ्जेल मुलुकले समृद्धिको मार्ग पहिल्याउन नसक्ने देखिएको छ । जुझारु पुस्ताको हातमा देशको नेतृत्व पुर्याउन नसक्दासम्म अझै कति पछाडि पर्ने हो अनिश्चिता कायम नै छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता