डि-८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि-८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ ।

गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो । संयुक्त राष्ट्र संघ (युएन) मा प्यालेस्टाइनको पूर्ण सदस्यताको खोजी र आत्मनिर्णयको लागि संघर्षको लागि डि-८ सदस्य राष्ट्रहरूले अटल समर्थन प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजामा इजरायली अत्याचारको विरुद्धमा डि-८ देश चुपचाप नबस्ने बताए । फिदानले इजरायली कब्जा समाप्त गर्न र दुई-राज्य समाधान प्राप्त गर्न सबै शक्तिसँग काम गर्न तयार रहेको बताउनु भयो ।

ADVERTISEMENT

प्यालेस्टाइनको संयुक्त राष्ट्रको सदस्यता स्वीकार गर्न वकालत गर्दै, मन्त्रीले संयुक्त राष्ट्रमा प्यालेस्टाइनको पूर्ण सदस्यतामा अमेरिकी भिटोले बाधा पुगेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?