काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ व्यास नगरपालिका-३, दमौलीमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’अनुरूप स्थापित सेन्टरबाट ग्राहकले सबै किसिमका ग्राहक सेवा लिन सक्ने कम्पनीले जनाएको छ । एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम बिहीबार एनसेल सेन्टर उद्घाटन गर्नुभएको हो ।
एनसेलका सेवा सुविधाबारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत सेन्टरबाट लिन सकिने बताइएको छ । त्यसैगरी ग्राहकले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड, सियुजी नम्बरको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफरलगायतका सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भन्नुभयो, ‘हामी विगत १० वर्षदेखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौँ र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हर्षित छौँ ।’ कम्पनीले देशका विभिन्न भागमा ३० भन्दा बढी एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।







Breaking news with related posts