मकवानपुरमा दुर्घटना हुँदा एकको मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुरमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३३ वर्षिया निर्मला अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका ११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र मोटरसाइकल पछाडि सवार ३३ वर्षीया निर्मला अधिकारी घाइते भएका थिए। दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो।

उपचारको क्रममा अधिकारीको् ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ग ७ प २३०४ नं.को मोटरसाइकल हटौंडाबाट चितवनतर्फ जाँदै गरेको थियो। विपरीत दिशाबाट एएस(२५ डिसी ०२१२ नम्बको ग्यास बुलेट गाडी आइरहेको थियो।

ADVERTISEMENT

मोटरसाइकल चालक गुरूङले प्रहरीलाई दिएको जानकारीअनुसार सेतो रंगको हाइलेक्स गाडीले अचानक ब्रेक लगाउँदा उक्त गाडी पछाडि रहेको उनीहरूको मोटरसाइकलले हाइलक्समा ठक्कर दिएको थियो।

त्यसपछि मोटरसाइकल उछिट्टिएर विपरीत दिशाबाट आउँदै गरेको ग्यास बुलेटले ठक्कर दिएर दुर्घटनामा परेको बयान प्रहरीसमक्ष जानकारी दिइएको थियो ।

ग्यास बुलेटका चालक भारत विहार पटियार थाना सदियान बस्ने ३७ वर्षीय मनिन्द्रकुमार दासलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज