जंगली विषालु च्याउ खाँदा सिन्धुलीका पाँच जना बिरामी

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-४ विस्टारमा च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । बिहिबार विहान जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी हुन् ।

च्याउ पकाएर खाँदा स्थानीय ६७ वर्षीय केशर बहादुर भुजेल, ५३ वर्षीय पुर्णमाया भुजेल, ३८ वर्षीय घनश्याम भुजेल, २१ वर्षीय किरण भुजेल, र २० वर्षीया नानीमाया समाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँकाअनुसार बिरामीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङ्टारमा उपचारका लागि लगिएको छ । बिरामीलाई च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या भएपछि स्वास्थ्य केन्द्र लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?