वासिंटन डिसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ‘हश मनी’ दोषी ठहरिएपछि मंगलबार पहिलो पटक सन् २०२४ को राष्ट्रपतीय मनोनयनका लागि प्राथमिक निर्वाचनको अन्तिम चरणमा रिपब्लिकन मतदाताहरूको सामना गर्नुभएको छ । पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा (हश मनी) दिएको आरोप लगाउनुभएको छ । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो ।
पूर्वराष्ट्रपतिले मोन्टाना, न्यू जर्सी, न्यू मेक्सिको र साउथ डकोटामा रिपब्लिकन मत प्राप्त गरेसँगै उहाँले राष्ट्रपति जो बाइडेनबिरूद्ध आफ्नो मनोनयन सुनिश्चित गर्नुभएको छ । केही राजनीतिक पर्यवेक्षकहरूले सन् २०१६ को चुनावलाई गैरकानुनी रूपमा प्रभाव पार्ने षड्यन्त्रमा झुटो व्यापारिक रेकर्ड बनाएको आरोपमा गतहप्ता दोषी ठहरिएपछि रिपब्लिकन मतदाताहरूले ट्रम्पको विभाजनकारी उम्मेदवारीको विरोध गर्न सक्ने सन्देह व्यक्त गरेका थिए ।
ट्रम्पको अन्तिम रिपब्लिकन प्रतिद्वन्द्वी निक्की हेलीले आफ्नो अभियान अन्त्य गरेको दुई महिनापछि पनि इण्डियाना राज्यमा मे महिनामा भएको प्राइमरीमा लगभग २२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । त्यसैगरी मंगलबार न्यू मेक्सिकोमा ट्रम्पले ८५ प्रतिशत र हेलीले नौ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
हेली उम्मेदवार नरहेको मोन्टाना राज्यमा ट्रम्पले लगभग ९१ प्रतिशत मत प्राप्त गर्नुभयो । न्यू जर्सी र साउथ डकोटामा पूर्वराष्ट्रपति ट्रम्प निर्विरोध मनोनीत हुनुभएको हो ।
हेलीले मेरिल्याण्डको रिपब्लिकन प्राइमरी मतदाताको पाँचौं, नेब्रास्कामा १८.५ प्रतिशत र वेस्ट भर्जिनियामा ९.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । संयुक्त राष्ट्रसंघकी पूर्वराजदूत हेलीले ट्रम्पलाई समर्थन गरिसक्नुभएको छ । रासस/एएफपी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा