काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याउने हरेक बजेट राजश्व संकलन,वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरुप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताउनु भयो । सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले भविष्यमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रही रहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौति रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ मुलुक ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा रहेको छ । भोलिको दिनमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था भयो भने बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनको बाटोमा जाँदैन । सांसदहरुलाई कानून निर्माण गर्न पठाएका भन्ने चलन छ । तर साना पँधेरो ,अस्पताल,बाटो,खानेपानी बनेन र किसानलाई समस्या प¥यो भने जनता जनप्रतिधिसँग नै हो । ती कुराहरुलाई सम्बोधन गर्न यर्थेष्ट बजेट आएको छैन । ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारीबोक्ने पोट्स र च्याङ्ग्रा र खचडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको छ । सरकारको यतातिर पनि ध्यान जाओस् । सरकारले ल्याएको बजेट हेर्दा अहिलेसम्म ८ खर्ब ९० अर्ब बराबरको राजश्व उठेकाले बजेट घाटामा जाने देखिन्छ । संधै घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन । यी कुरामा सरकारले ध्यान दिओस् ।’
उहाँले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts