काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिटलगायत बैंक च्यानलमार्फत् ग्राहकलाई वालेटमा रकम स्थानान्तरण गर्न सहज हुने बैंकले जनाएको छ ।
सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड््काले हस्ताक्षर गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts