काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि दुई रात तीन दिनको बलथली भ्रमण कार्यक्रम आयोजना गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताका लागि अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र काभ्रेको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब दुई सयजना वरिष्ठ अभिकर्तालाई बलथली भ्रमण गराइएको थियो । साथै बलथली भ्रमणपछि धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।






