आज तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार

रासस
रासस
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकाेमा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहिबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकाेमा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

ADVERTISEMENT

चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *