हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय कल्पना थिङ स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर स्याङ्तानको मृत्यु भएको हो । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको हो ।
आफ्नो घरतर्फ जाने क्रममा भिरबाट लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements