ललितपुर । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ ।
धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.स १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म व नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो।सोही सन्दर्भलाई लिएरलाई वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णय अनुरुप सो सम्मेलन गर्न लागिएको हो। नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संग सहकार्य गरी सो सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनको उद्घाटन सत्र जेठ १९ गते शनिबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गर्नुहुनेछ । उद्घाटनपछि विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता, विषयमा प्यानल छलफल हुने छ ।
सम्मेलनको दोस्रो दिन जेठ २० गते आईतबार मध्यपुर ठिमी नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशहरुमा मातृभाषा पत्रकारिताको प्रवृति र आगामी दिशामा प्यानल छलफल हुने छ । त्यसपछि घोषणापत्र जारी गरी सम्मेलन समापन गरिने छ । दोस्रो दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि हुनुुहुनेछ। सम्मेलनमा नेपालसंगै, भारत, बंगलादेश र भुटानका गरी १ सय ५० जना पत्रकारको उपस्थिति रहने छ ।
धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रिका प्रकाशन गर्नुभएकोले उहाँलाई पहिलो मातृभाषाको पत्रकारको रुपमा विगत ९ वर्षदेखि पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको छ । पत्रकार राष्ट्रिय दबूले २०७५ साल जेठ २ गते बुधबार र २०७९ असार २१ मंगलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरेको थियो। यस पटक सो विषयलाई अन्तर्राष्ट्रिय गरी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रेष्ठले बताउनुभयो।
यस सम्मेलनले मातृभाषाको पत्रकारिताको विकासको लागि नेपालका पत्रकारहरु मात्र नभई दक्षिण एसियाली पत्रकारहरुबीच ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने फोरमका अध्यक्ष राजु लामाले बताउनुभयो ।
यस सम्मेलनले आदिवासी जनजाति पत्रकारहरुले विशेष एजेण्डाका रुपमा उठाइरहेको मातृभाषाको पत्रकारिताको विकासको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा उठान गरी त्यसको सम्बोधनको लागि बृहत ध्यानाकर्षण गराइने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले बताउनुभयो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts