वर्षा मापनमा ५५ जना युवा नागरिक वैज्ञानिक संलग्न हुने

नबराज सिवाकोटी
नबराज सिवाकोटी
Read Time = 4 mins

दोलखा । भीमेश्वर नगरपालिकामा वर्षा मापनकालागि ५५ जना युवा नागरिक वैज्ञानिक संलग्न हुने भएका छन् । दुई दिने तालिम पश्चात उनीहरु वर्षा मापन कार्यमा संलग्न नहुने भएको हुन् ।

विहिवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले एक कार्यक्रमका विच नागरिक वैज्ञानिक अभियानको सुभारम्भ गर्दै वर्षा मापनमा संलग्न नागरिक वैज्ञानिकहरुलाई सपथ गराउनु भएको भीमेश्वर नगरपालिकाले जनाएको छ। शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मेयर मानन्धरले तालिममा सिकेका कुराहरुको उपयोग गर्दै तथ्यपरक डाटा पठाउन युवा नागरिक वैज्ञानिकहरुलाई आग्रह गर्नु भयो ।

दुई दिन सम्म तालिम लिएका नगर भित्रका युवा नागरिक वैज्ञानिकहरुले आ-आफ्नो घर रहेको स्थानमा रहेर मनसुनी वर्षा मापन गरी त्यसको नतिजा हरेक दिन विहान ८ः ४५ बजे मोवाइल प्रविधि प्रयोग गर्दै फोटोसहितको फाराम भरेर पठाउने भीमेश्वर नगरपालिकाका विपद् ब्यवस्थापन समितिका फोकल पर्सन इञ्जिनीयर सुरेस राउतले जानकारी दिनुभयो ।

तालिम लिएका नागरिक बैज्ञानिकहरुलाई रेनगजको रुपमा प्रयोग गर्न फ्यान्टाको २ दशमलब २५ लिटरको बोतललाई रिसाइकल गरी स्केल राखि उपलब्ध गराइएको छ । गेजको रुपमा उपयोग गरिएको यो उपकरण नागरिक बैज्ञानिकहरुले खुल्ला आकाशमुनी राखी वर्षाको मापन गरी मोवाइल मार्फत डाटा पठाउने ईन्सटिच्युट अफ हिमालयन रिस्क रिडक्सन(आइएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले जानकारी दिनुभयो । नागरिक बैज्ञानिकहरुले आफ्नो नजिकै गएको पहिरोको फोटो समेत मोवाइल एप्लिकेसन मार्फत जिपीएस राख्दै पठाउन सक्ने ब्यवस्था मिलाइएको उहाँको भनाई रहेको छ ।

ADVERTISEMENT

एसियन डिजास्टर प्रीप्रेडनेस सेन्टर(एडीपीसी) बेङ्कक को आर्थिक सहयोग आइएचआरआर तथा एसफोर नेपालको प्राविधिक सहयोग तथा भीमेश्वर नगरको समन्वयमा “ पूर्वानुमानमा आधारित पूर्व कार्य गर्नका निमित्त नागरिक विज्ञानको प्रयोगबाटतथा दृष्यावलोकन (भिक्ट्री) परियोजना कार्यन्वयन हुने छ । जस्ले विपद ब्यवस्थापन नियन्त्रणका लागि मौसम पूर्वानुमान गर्नमा सहयोग पुर्‍याउने छ ।

जलवायु परिवर्तनले निम्त्याएका र निम्त्याउन सक्ने संवाहकहरुको मापन गर्न अत्याधुनिक प्रविधिहरु भएपनि त्यो अन्त्यन्त खर्चिलो तथा उपयुक्त जनशक्तिकोसमेत कमी हुने भएको ले विश्वभर सरल, सस्तो र प्रभावकारी विधिकारुपमा नागरिक विज्ञानको प्रयोग गरिने गरेको कार्यकारी निर्देशक गौतमको भनाई रहेको छ । नागरिक विज्ञानको धारणा अनुरुप भीमेश्वर नगरपालिकामा पनि दुई दिने तालिम पश्चात ५५ जना नागरिक वैज्ञानिक मनसुनी वर्षा मापनका लागि परिचालन गरिएको उहाँको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज