काठमाडौं । ‘राष्ट्रिय कथाव्यास समाज’को नयाँ कार्यसमिति चयन गरिएको छ । नेपालका पुराणवाचक पण्डितहरूको साझा संस्थाको रूपमा स्थापित ‘राष्ट्रिय कथाव्यास समाज’को दुई दिने बृहद् सम्मेलन र अधिवेशनले विभिन्न निर्णय गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पण्डित कुवेर सुवेदी, उपाध्यक्षमा पण्डित बालकृष्ण अर्याल, महासचिवमा पण्डित राघवप्रसाद उपाध्याय, सचिवमा पण्डित सुरज पराजुली, कोषाध्यक्षमा पण्डित रामचन्द्र तिमल्सिना तथा कार्यसमिति सदस्यमा सुधा शास्त्री, देवभट्ट बराल, मदनराज उपाध्याय, जगन्नाथ सुवेदी, मनोज नेपाल र सन्तोष आचार्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य प्राडा.गुरुप्रसाद सुवेदीले जानकारी गराउनुभयो ।
निर्वाचन समितिमा निर्वाचन प्रमुख आत्माराम ढकाल, निर्वाचन सदस्य प्राडा.गुरुप्रसाद सुवेदी र रामचन्द्र सिग्देल हुनुहुन्थ्यो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको राष्ट्रिय कथाव्यास समाजको संस्थापक (निवर्तमान) कार्यसमितिको अध्यक्षमा प्राडा.नवराज घिमिरे, उपाध्यक्षमा प्राडा.नेत्रविनोद भट्टराई, महासचिवमा राघव उपाध्याय, सचिवमा अनुराधा शास्त्री, कोषाध्यक्षमा कैलाश दाहाल तथा सदस्यहरूमा पण्डित गोकर्ण खनाल, प्रा.खेमराज घिमिरे लगायत हुनुहुन्थ्यो ।
राष्ट्रिय सम्मेलनमा प्रा.डा.नेत्रविनोद भट्टराईले तयार पार्नुभएको कार्यपत्रमाथि छलफल भएको थियोे । नवनिर्वाचित कार्यसमितिलाई विश्व हिन्दु महासंघ केन्द्रीय (अन्तर्राष्ट्रिय) समितिका महासचिव आचार्य शम्भुहरि बास्तोला, हिन्दु जागरण नेपालमा अध्यक्ष पण्डित रामकृष्ण उपाध्याय, नेपाल सन्त समाजका महासचिव प्राडा.गुरुप्रसाद सुवेदीलगायतले शुभकामना दिनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले कथाव्यास क्षेत्रलाई आन्तरिक शुद्धी र बाहृय शुद्धि गर्दै धार्मिक क्षेत्रलाई पवित्रकरण गर्न र कथाव्यासक्षेत्रमा एकरूपता ल्याउनका लागि सनातन धर्मको रक्षाको साथै सनातन हिन्दु राष्ट्र पुनस्र्थापना लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts