काठमाडौंं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले प्रतिसेयर सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सुरक्षित भोलिका लागि स्मार्ट लगानी भन्ने उद्देश्यसाथ स्थापित गार्डियन माइक्रो-लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बिमालेख जारी गर्ने लघु जीवन बिमा कम्पनी हो, जसमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा पाँच सयभन्दा बढी एजेन्ट रहेका छन् ।
केन्द्रीय कार्यालयसहित शाखा, उपशाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।






