काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको एकल इजलासले गिरीलाई दोषी ठहर गरेको हो ।
सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी गरेको आरोप छ ।
गिरीकी श्रीमती आरती रावलले मुद्दा दायर गर्नुभएकाे थियाे । गिरीलाई यसअघि जिल्ला अदालत र उच्च अदालतको फैसलाले तारेमा छाडेपनि सर्वोच्च अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।
सर्वोच्च अदालतको आदेश अनुसार गिरी थुनामा छन् ।






