काठमाडौै । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको सूर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको बिधासहित प्रकाशित गरेको विज्ञप्ति भ्रामक भएको भन्दै एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
सूर्ती उद्योगीहरुले संसार भरी नै भ्रामक सुचना सम्प्रेषण गर्ने, वैज्ञानिक बिधिमा आधारित नभएका तथ्य बाहिर ल्याउने र निति निर्माणमा संलग्न भएका नेता तथा कर्मचारीहरुलाई त्यस्ता तथ्य र अन्य बिधिहरु प्रयोग गरि प्रलोभनमा पार्ने एवं निति निर्माणमा हस्तक्षेप गरी आफू अनुकुल कानुन र परिस्थिती निर्माण गर्ने प्रचलन रहेको समेत आरोप लगाएकोछ ।
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले २०८१ जेठ ४ गते जारी गरेको विज्ञप्तीका बिषयलाई लिई विहिवार एक्सन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सधै वैज्ञानिक बिधि र अनुसन्धानमा आधारित तथ्य र संसारभर प्रचलनमा आएका बिशिष्टकृत अभ्यासहरुको मात्रै परिपालना र वकालत गर्दै आएको जनाएकोछ ।
एक्सन नेपालले दिएको जानकारी अनुसार आन्तरिक राजश्व बिभागको तथ्याङ्क अनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ६७ खिल्ली चुरोट उत्पादन भयो । यस हिसाबमा कुल अन्तःशुल्क २६ अर्ब २२ करोड रुपैया (प्रति खिल्ली औसत रु २.३२ को दरले) राजश्व संकल भयो । एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दका अनुसार प्रति खिल्ली अन्तः शुल्क रु ४ (औसतमा) मात्रै बनाउँदा पनि ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया राष्ट्रले राजश्वको रुपमा संकलन गर्नेछ जुन अहिलेको भन्दा रु १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपैया बढी हो ।
सोही अवसरमा दिईएको जानकारी अनुसार अहिले प्रति खिल्ली रु ०.६ स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल ६ अर्ब ७६ करोड रुपैया राजश्व उठाउँछ । स्वास्थ्य मन्त्रालयले प्रस्ताब गरे अनुसार प्रति खिल्ली रु ३ स्वास्थ्य जोखिम कर बृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपैया स्वास्थ्य जोखिम कर उठ्नेछ जुन अहिलेको भन्दा रु २७ अर्ब ४ करोड रुपैया बढि हो । नेपालमा करको दर कम भएकै कारण नेपालमा चुरोटको मुल्य विश्वकै तुलनामा सबैभन्दा कम छ ।
दक्षिणपूर्वी एशिया देशहरुमा सूर्तीजन्य पदार्थको दररेट विवरण विश्वका विभिन्न देशका सर्वाधिक बिक्रि हुने चुरोटको बिक्रि मुल्य
अर्को महत्वपूर्ण कुरा के हो भने यदि चुरोटमा कर बढाइयो भने नेपाली भन्दा विदेशी चुरोट सस्तो हुने र अवैध रुपमा विदेशी चुरोट नेपाल भित्रिने झुटो पैरवी गरिएको छ । तर वास्तवमा त्यसो नहुने विभिन्न तथ्यहरुले देखाउँछ । नेपालमा सर्वाधिक बिक्रि हुने चुरोटको मुल्य रु ३२० पर्छ भने भारतमा त्यस्तै चुरोटको मुल्य करिब नेपाली रु ५४४ छ । तसर्थ कर बढे पनि भारतबाट नेपालमा अवैध रुपमा चुरोट नभित्रिने प्रष्ट हुन्छ । बरु यसको ठिक बिपरित, नेपालबाट गैरकानूनी रुपमा चुरोट भारत निर्यात हुँदै आएको छ । जसको प्रमाण स्वरुप बाँके प्रहरीले जमुनाह नाकाबाट अवैध रुपमा भारत निकासी भैरहेको १२८० बट्टा खुकुरी चुरोट बरामद गरेको छ ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कर दर (७५%) भन्दा नेपाल सरकारले सूर्तीजन्य पदार्थमा लगाएकोे कर निकै कम छ । यसले सूर्तीजन्य उद्योग प्रति नेपाल सरकारको सम्झौतावादी निति प्रष्ट देखिन्छ । बर्तमान सरकारले विश्व स्वास्थ्य संगठनको शिफारिस अनुसार सूर्तीेजन्य पदार्थमा कर बृद्धि गर्यो भने मौजुदा राजश्व ३२ अर्व ९८ करोडमा थप ४५ अर्व ८९ करोड गरि जम्मा ७८ अर्व ८७ करोड राजश्व संकलन हुन जान्छ । सूर्तीेजन्य पदार्थबाट लाग्ने रोगहरु जनस्वास्थ्यको प्रमुख चिन्ताको रुपमा देखिएको अवस्थामा नेपाल सरकार त्यस प्रति गम्भिर हुन जरुरी छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वयन र सूर्तीजन्य पदार्थमा उपयुतm करको संयोजनले मात्र सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने स्वास्थ्य, सामाजिक र आर्थिक संकटलाई प्रभाबकारी रुपमा सम्बोधन गर्न सकिन्छ । यस प्रति सचेत रहन एक्सन नेपाल सरोकारवाला निकायहरुलाई सचेत गराउन चाहन्छ । स्मरण रहोस् ! नेपालमा वार्षिक अनुमानित ३७ हजार भन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts