काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
उहाँले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताउनुभयो । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालनुभएको एक नेताले बताउनुभयो ।
हेलिकोप्टरमा दुर्घटनामा निधन भएका राष्ट्रपतिसहित ९ जनाको तेहरानमा अन्तिम संस्कार हुने त्यहाँको सरकारी मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन्। मुस्लिम परम्परा अनुसार उनीहरुको अन्तिम संकार हुनेछ।
हेलिकप्टर दुर्घटनामा निधन भएका सबै जनाको शव मंगलबार तबरेन्जबाट तेहरान ल्याउने अन्तिम तयारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबरमा उल्लेख गरेका छन्।
तेहरान ल्याएपछि राष्ट्रपतिसहित सबै शव श्रद्धान्जलीको लागि राखेर अन्तिम संस्कार गरिनेछ। सोमबार नै राष्ट्रपति रायसीको अन्तिम संस्कारको लागि कार्यकारी उपराष्ट्रपतिको नेतृत्वको मन्त्रिपरिषद्ले पाँच दिने राष्ट्रिय शोकको घोषणा गरेको हो।
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गर्नुभएको छ ।
समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहनुभएको थियो । इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ ।
उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो । देशको इस्लामिक रिभोलुसनरी गार्र्डससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि भोलि ताब्रिजमा गरिने जानकारी दिएको छ ।
रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उहाँको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो ।
इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उहाँ सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts