तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भन्नुभएको छ, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको छ । दुर्घटनास्थल हार्ड ल्यान्डिङ हुने अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।
हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ। ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा जानुभएको थियो । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गर्नुभएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts