काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगीसम्बन्धी गिरिनबन्धु टी स्टेटको अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै राजधानीमा विरोध प्रर्दशन गरेको छ।
नेविसंघले काठमाडौंको माइतीघरमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र झापाको गिरिबन्धु टी स्टेटको जग्गा विवादबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै विरोध गरेको हो।
नेविसंघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा समे माग गरेको छ ।
प्रदर्शनका क्रममा उनीहरुले चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको, रविको जीविकोपार्जन सहकारी ठगी, गृहमन्त्रीज्यु प्रमाणित भए राजनीति छोड्ने रे, अनि प्रमाणित हुन छानबिन गर्नु परेन, ए रवि दाई, खोइ त जीवि राई, रवि लामिछाने, होइन, होइन ठगि लामिछाने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।
संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ ।












