५८ लाख खर्च हुँदा पनि अधुरै जनजाती संग्रहालय

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाको रुपमा रहेको लिएको जनजाती संग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । वि.सं. २०७५ सालबाट सुरु गरिएको काठेखोला गाउँपालिका-४ तंग्राम स्थित जनजाती संग्रहालय बजेट अभावमा अधुरै रहेको छ । तंग्राममा रहेका जनजातीले आफ्नो पहिचान, भाषा, भेषभूूषा र संस्कृतिलाई संग्रहित गर्ने उद्देश्यले जनजाती संग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो ।

गाउँपालिकाले एक वडा एक गौरवको योजना अन्तर्गत हालसम्म झन्डै ५८ लाख रकम खर्च भइसकेको छ । अहिले संग्रहालयको एक तला भवनमात्रै निर्माण भएको छ । उक्त एक तला भवनलेसमेत अझै पूर्णता पाउन नसकेको हो । बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन ।

संग्रहालय निर्माणसंगै आन्तरिक र बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको भएपनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले बताउनुभयो । गाउँपालिकाको एक वडा एक गौरवको योजना अनुसार पर्यटन तथा जनजाती संग्रहालय निर्माण थालेपनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट बिनियोजन गर्न सकेको छैन ।

“गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाती संग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकार संग समन्वय भइराखेको छ, आगमी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भएपनि बिनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ” प्रवक्ता बिकले भन्नुभयो “गाउँपालिकाले नै ५८ लाख खर्चेको भवनलाई अलपत्र छोड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाई भएकै छ, आगामी वर्ष पूर्णता पाउछ, त्यसपछि तला थप गर्ने अथवा संग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ ।”

ADVERTISEMENT

जनजाती संग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा पाँच लाख, २०७६ मा २० लाख, २०७७ मा १३ लाख, २०७८ मा १५ लाख र २०७९ मा पाँच लाख गरी ५८ लाख खर्च गरिसकेको छ । संग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति-जनजातिको पहिचान झल्कने सामग्री राखिने भएपनि संग्रहालय निर्माणमा ढिलाई भएको स्थानीय नर बहादुर विकले बताउनुभयो ।

उहाँले संग्रहालय बनेपछि गाउँमा पर्यटकहरु आउने र आर्थिक रुपमा जिविकोपार्जनमा टेवा पुग्ने भएपनि भवन ६ वर्षसम्म निर्माण नसकिएको हो । संग्रहालय गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको भेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिनेछ र गाउँपालिकाका जनजातिहरुको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?