काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाडौंमा अनशनरत सामूहिक सत्याग्रहको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत १० दिनदेखि काठमाडौंस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामूहिक सत्याग्रह सत्याग्रहीको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।
महासंघले सत्याग्रहीको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन रहेको पनि जनाएको छ । सत्याग्रहीहरू स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आमनागरिकलाई बाँच्न देऊलगायत विभिन्न १८ बुँदे माग राखेर विगत १० दिनदेखि आमरण अनशन बसिरहेका छन् ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनीहरूको आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ । महासंघले आन्दोलनकारीका मागप्रति राज्य समयमै गम्भीर बन्दै आपसी सहमतिका आधारमा मागको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts