काठमाडौं । सुजल डेरी प्रालिले नवीनतम ब्राण्ड रस बदाम ड्रिक बजारमा ल्याएको छ । रस बदाम ड्रिकमा प्रयोग भएको क्यालिफोर्नियन अल्मोण्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलित दूधले गुणस्तर र स्वाद सर्वोत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार रस बदाम ड्रिक उत्पादन अन्तर्राष्ट्रियस्तरको अटोमेटेड मेसिनबाट उत्पादन गरिन्छ । जसमा अल्मडसको स्वाद, स्याफरनको गुडनेस र दूधको तागतले उपभोक्तालाई रिफ्रेसका साथै ऊर्जा पनि प्रदान गर्छ । रस बदाम ड्रिक १८० एमएल क्यान सय रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।






