काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।
तरुण दलले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने लगायतका माग गरेको छ ।
माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।
छानविन समितिको माग गर्दै आएकाे कांग्रेसले संसद अवरुद्ध पार्दै आएको छ भने सडकमा भ्रातृ संगठन उतारेको छ ।
आज बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो ।
नेविसंघले ‘सहकारी ठगीको प्रमाण यहाँ छ’ भन्ने ब्यानरसहित आज काठमाडौंमा प्रदर्शन गरेको थियो। यस्तै मंगलबार नेपाल महिला संघले पनि सडक आन्दोलन गरेको थियो ।













