काठमाडाैं । युक्रेनसँगको सीमाबाट करिव ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।
शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आईतवार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना भवनभित्र पुरिएका थिए ।
रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले ६ वटा टोचका-यू मिसाइल, चारवटा भ्याम्पायर रकेट र दुई ओल्खा रकेटलाई यसअघि नै खसालेको बताएको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा