आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)  शाहले दिवंगत र्‍यापर गायक यमबुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताउनु भएको छ ।

काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेपछि विवाद भएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २0७९/0८0  को बजेटमा शालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना भएको हो ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो ।

ADVERTISEMENT

शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?