✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ वैशाख २१ गते शुक्रबार ई.स. २०२४ मे ३, तिथि- वैशाख कृष्णपक्ष दशमी, नक्षत्र- शतभिषा, ब्रह्म- योग, वणिज- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः२५, सूर्यास्त- १८ः३८ ।
मेष : खर्च बढे पनि घरायसी सुख सुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।
वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद खबर प्राप्त हुनेछ ।
मकर : घरायसी समस्याहरू देखापर्न सक्छन् ।
कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।






