काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यस बारेमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार एउटै घटनाको उजुरीहरू धेरै छन् ।
एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि हुनसक्ने बताउनुभयो । उहाँले उजुरीभन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको तहमा हेर्दा सल्यानमा पाँच हजार ५०२ वटा उजुरी परेको बताउनुभयो । सचिव सापकोटाले अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी परेको र तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताउनुभयो । उहाँले एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताउनुभयो । उहाँले सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाऊँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो ।
सचिव सापकोटाले भन्नुभयो, ‘जिल्ला तहको उजुरीमा जाँदा पाँच हजारभन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ, सल्यानमा पाँच हजारभन्दा बढी उजुरी रहेका छन् । पाँच हजार ५०२ वटा उजुरी छन् । अछाम र कपिलवस्तुमा चार हजारभन्दा बढी उजुरी छन् । तीन हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा छ । एक हजारमाथि १३ वटा छन् । एक हजारभन्दा मुनिका अरू उजुरीहरू छन् । सामान्य प्रकृतिका उजुरीहरू धेरै भएका छन् । हामीले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेका छौँ । केही तामेलीबाट पुनः जगाउन पाऊँ भनेर निवेदन आएको छ । परिचयपत्र वितरण ६१८ वटा गरेका थियौँ ।’
उहाँले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो ? भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको बताउनुभयो । उहाँले सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको पनि बताउनुभयो । उहाँले अहिले दुई हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाऊँ भनेर निवेदन आएको अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक सुनुवाइ र मेलमिलाप सबैभन्दा ठूलो कुरा हो । मेलमिलाप हुनसक्ने खालका घटनाहरू मेलमिलापकै रूपमा जानुपर्छ । किनभने दुवै पक्ष अहिले मेलमिलाप भएर जिल्लामा, गाउँमा बसिसकेको छ, त्यसलाई हामीले त्योभन्दा बढी कसरी सुदृढ गरेर लैजानुपर्छ भन्ने छ ।’ उहाँले घटना किन भयो ? र त्यो घटना हुनुको पछिको तात्पर्य के हो ? भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको बताउनुभयो ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरी दर्ता भएकोमा तीमध्ये तीन हजारलाई तामेलीमा राख्ने निर्णय आयोगले गरेको थियो । यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा तीन हजार २८८ उजुरीमा परेका छन् । त्यसमध्ये १३६ उजुरी दोहोरो परेको देखिएको भन्दै आयोगले लगतकट्टा गरेको जनाएको छ । साथै, २९२ उजुरीमा तामेलीमा राखिएको छ । आयोगले दुई हजार ४९० उजुरीमा विस्तृत छानविन गरिरहेको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts