
काठमाडौं । सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोपान मल्टिपल कम्पनीका अध्यक्ष डा. ई. ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटल प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले अंकित मूल्य सय रुपैयाँमा एक सय सात रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुर्ई सय सात रुपैयाँमा आइपिओ निष्कासन गर्नेछ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ कस्ट भ्यालुमा एक सय तीन रुपैयाँ ५८ पैसा रहेको छ भने फेयर मार्केट भ्यालुमा चार सय ५० रुपैयाँ माथि रहेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी एक अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ ।
उपेन्द्र महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल कम्पनी एक होल्डिङ (इन्भेष्टमेन्ट) कम्पनी हो । जसमा डा. वीरेन्द्रप्रसाद महतो, रामेश्वर रिजाल, डा. ताराप्रसाद पोखरेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोककुमार खड्का, वसन्तचन्द्र मरहट्टालगायतको नेतृत्वमा कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत् र रियल स्टेट, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।
सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोलाले आइपिओ निष्कासन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाका रूपमा विकास गरिएको देशकै नमुना अत्याधुनिक प्रविधियुक्त सोपान फर्मास्युटिकल्सले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच