कोलम्बो । श्रीलंका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलंकामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् । वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिनुभएको हो ।
उहाँले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताउनुभयो । सन् २०२० अघि यो संख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलंकाको जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्ने उहाँले बताउनुभयो । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts