काठमाडौं । ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाका रूपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१.१ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा बैंक सम्मानित भएको हो ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा गत शुक्रबार आयोजित समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाहृय क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।






