काठमाडौं । समृद्धि फाइनान्सले आइतबार काठमाडौंको पुतलीसडकस्थित आर्सिया डेन्टलसँग समझदारी गरेको छ । समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सिआइपिएस प्रयोग गरी उक्त डेन्टलमा उपचार गरेको भुक्तानीमा २० प्रतिशत छुट पाउनेछन् ।
समझदारीपत्रमा फाइनान्सतर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र आर्सिया डेन्टलतर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।






