काठमाडौं । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ ।
दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।
आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो अरु पसल र घरमा फैलिएको स्थानीयले बताएका छन् ।











