-मन्जु मैनाली
हेटौंडा । बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधि व्यवसायलाई अगाडि बढाउन मन्त्रालय सधैं तत्पर रहेको बताउनु भएको छ । शुक्रबार हेटौंडामा भएको नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
सर्वसुलभ औषधिको उपलव्धतालाई मध्य नजर गर्दै यसलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाएर आर्थिक अनुशासनको पक्षबाट व्यवसायीक क्रियाकलाप अगाडी बढाउन जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । बागमती प्रदेशमा कुल औषधी व्यवसायीको उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरुलाई एक बनाउन सुझाव दिनुभयो ।
साथै राष्ट्रिय पुंजी निर्माणको क्रममा महत्त्वपूर्ण पक्ष निजि क्षेत्र र सरकारी पक्षले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र यसले रोजगारी श्रृजना गर्नुका साथै राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउन कर तिरेर राष्ट्रलाई सक्षम बनाउन औषधी व्यवसायीको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।
औषधि व्यवसायीहरु सरकारी पक्षको कार्य भित्र पर्ने भएकाले नियमनका साथै अनुगमनमा निरन्तर वित्तिय संस्थाहरुलाई व्यवस्थापन गर्न सके औषधी व्यवसायीहरु आत्तिनु नपर्ने मन्त्री श्रेष्ठको सुझाव थियो । 'औषधीको गुणस्तरमा ध्यान दिन सरकारी पक्षको मात्र काम नभई निजी संस्थाको पनि दायित्व भएकाले यसमा औषधी व्यवसाय सकिृयरुपमा लाग्नुहुन्छ भन्ने विश्वास लिएको छु,' मन्त्री श्रेष्ठले भन्नुभयो। 'औषधी व्यवसायीलाई बलियो बनाउन र समाजमा प्रतिष्ठितयुक्त बनाउनका लागि बागमती प्रदेश मन्त्रालय सधै तत्पर रहन्छ ।'
बागमती प्रदेशले औषधी व्यवसायीसंग मिलेर फार्मेसीसंगको दुरीलाई कायम गर्न जरुरी रहेको व्यवसायीलाई मन्त्री श्रेष्ठले सुझाव थियो ।
सर्वसुलभ, गुणस्तरीय र मितव्ययीता नै संस्थाको मुल उद्देश्य भएको उहाँले बताउनु भयाे ।
सबै औषधी व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले अधिवेशन सफलताको शुभकामना दिदै नयाँ नेतृत्व गरेर आउनुहुनेलाई औषधी व्यवसायीको हितको लागि काम गर्न सुभकामनासमेत दिनुभयो ।
बागमती प्रदेश औषधि व्यवसायी संघका अध्यक्ष धुर्व नारायण श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मिनाकुमारी लामा, औषधि व्यवसायी संघ बागमती प्रदेश महानिर्देशक नारायण प्रसाद ढकाललगायत औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts